सुशासनका लागि 'सिँह'मा मतदान: सोवर्ण भण्डारीको आह्वान

सागर उप्रेती

काठमाडौं / आसन्न फागुन २१ मा हुने माध्यवधी निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोकका नयाँ तथ्य पुराना दलहरुले निर्वाचन गतिविधि बढाएका छन्। यसै क्रममा नागरिक सर्वोच्चता पार्टीका समानुपातिक उम्मेद्वार सिन्धुपाल्चोक लिसंखुपखरका सोवर्ण भण्डारीले आम मतदातालाई सुशासन र असल संसदीय अभ्यासको लागि सिँह चिन्हमा मतदान गर्न आव्हान गरेका छन् । डा. युवराज संग्रौला नेतृत्वको नागरिक सर्वोच्चता पार्टीका  नेता भण्डारी सिन्धुबसिको दुःख सुखमा साथ दिएका व्यक्ति हुन् । उनी राजनीतिलाई कमाई गर्ने पेसा नभएर सेवा गर्ने माध्यम बनाउनु पर्ने बताउँछन् । कर्म र परिश्रममा विश्वास गर्ने भण्डारी आफू पनि कर्मशील, इमान्दार र सामाजिक भावना भएका व्यक्तिका रुपमा चिनिन्छन्। सिन्धुपाल्चोक जिल्ला लिसंखुपखरको पाखरमा रहेर द्वन्दकाल देखि नै जनताको सेवा र सहकार्यमा रहेका भण्डारी लामो राजनैतक र सामाजिक कार्यको अनुभव सँगालेका व्यक्ति हुन् । 

नेपाली समाज र नेपाली राजनीतिलाई राम्रोसँग बुझेकाले आफु निर्वाचित भयर संसद बन्ने अवसर पाएको खण्डमा संघीय संसद्मा सिन्धुबासिको समस्याको समाधान खोज्दै प्रतिनिधि आवाज बनेर निष्ठापूर्वक लडिरहने बताउँछन्। उनी भन्छन् सही सवाल र जनताको हितकाे लागि चट्टान झैं उभिने र कुशासन, भ्रष्टाचार र बेतिथि विरुद्ध संसद्मा सिँह झैँ गर्जीने संसद खोजिरहनु भएको छ भने नागरिक सर्वोच्चता पार्टीकाे चुनाव चिह्न सिँह मा मतदान गरिदिनुहुन अनुरोध गर्दछु।

प्रतिक्रिया