पूर्व शिक्षा मन्त्री समुना श्रेष्ठको प्रश्न - “सम्बोधनमै असमानता: किन महिला सांसद ‘बहिनी’ र पुरुष ‘माननीय’?”

सुमना श्रेष्ठ भन्नुहुन्छ ;

धन्यवाद Harka Sampang A Revolution ज्यू!

अघिल्लो अधिवेशनमा “चेली”, यसपटक “बहिनी”!

अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले “चेली” शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले!

त्यहाँ उपस्थित सबै जना सांसद हुन्!

“चेली” र “बहिनी” आफ्नै ठाउँमा अपमानजनक शब्द होइनन्। तर जब औपचारिक वातावरणमा पुरुषलाई “माननीय सांसदज्यू” भनिन्छ र महिलालाई “बहिनी” भनेर सम्बोधन गरिन्छ, त्यो एक अर्थमा स्मरण गराउने प्रयास हो — कि हामी तपाईंलाई बराबरीका रुपमा हेर्दैनौं, तपाईंलाई पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेका छौं।

प्रिय उपसभामुखज्यू, तपाईं संसदको पूर्ण बैठकमा हुनुहोस् वा कार्यालयमा अनौपचारिक छलफलमा—कसैलाई तपाईंलाई “बहिनी” भनेर सम्बोधन गर्न नदिनुहोस्, जब उनीहरू एकअर्कालाई “माननीयज्यू” भन्छन्। 

तपाईं हाम्रो उपसभामुख हुनुहुन्छ, संयोगवश तपाईं सबैभन्दा कान्छी हुनुहुन्छ, बस् त्यत्ति मात्र।

समान सम्मानको सीमाना भाषाबाट नै सुरु हुन्छ—हामीले सम्बोधनमा समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता कसरी सम्भव हुन्छ? 

प्रतिक्रिया