गोसंरक्षण सन्देशसहित ‘गोविज्ञान कथा’ काठमाडौंमा

काठमाडौं । नेपालमा पहिलो पटक ‘गोविज्ञान कथा’ कार्यक्रम आयोजना  भएको छ। 

‘गौ संरक्षण अभियान’को आयोजनामा भयको उक्त कार्यक्रम वैशाख १२देखि १३  गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको पहिलो दिन श्री पशुपतिनाथ मन्दिर परिसरस्थित दक्षिण ढोका धर्मशाला भवनमा भयको छ भने दोस्रो दिन महोत्तरीको गोशाला बजारस्थित उद्योग वाणिज्य संघ सभाहलमा आयोजना गरिनेछ।

कार्यक्रममा भारतबाट आएका प्रमुख अतिथि डा. कमल वर्षणे ज्यू तथा मुख्य अतिथि श्री निरञ्जन कुमार धर्मले गोमाता र गोविज्ञानसँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा प्रवचन दिएकाछ्न। आयोजकका अनुसार कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।

यस कार्यक्रममा गोमाता तथा त्यससँग सम्बन्धित उपयोगिता, गोशालाको महत्व, युवालाई राष्ट्रसेवामा प्रेरित गर्ने विषय, साथै स्वास्थ्य परामर्श र निःशुल्क नाडी परीक्षणसमेत गरिनेछ। कार्यक्रममा नेपाली रैथाने वस्तु तथा पञ्चगव्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरणसमेत रहने जनाइएको छ।

आयोजकले सबै नगरवासी, गोपालक, कृषक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ। साथै कार्यक्रममा सहभागी भई ज्ञान लिन र आफ्ना परिवार तथा चिनजानका व्यक्तिहरूलाई पनि आमन्त्रण गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया