काठमाडौं:/ महिला विकास संघ नेपालको आयोजनामा बागमती प्रदेश सरकारको सहयोग तथा चन्द्रागिरी नगरपालिकाको समन्वयमा ७ दिने “भाषणकला तथा उद्घोषण तालिम” सञ्चालन हुने भएको छ।
आगामी वैशाख १९ गते शनिबारदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त तालिम विद्यामन्दिर स्कुल मा आयोजना गरिनेछ।
तालिममा सहभागीहरूलाई प्रभावकारी भाषण कला, मञ्च सञ्चालन (उद्घोषण) सीप, आत्मविश्वास अभिवृद्धि, शुद्ध उच्चारण तथा सञ्चार दक्षता सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार, यस तालिमले विशेष गरी महिला तथा युवाहरूलाई सार्वजनिक मञ्चमा निर्भीक रूपमा प्रस्तुत हुन सक्षम बनाउँदै नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
30 Apr 2026