अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेशनल कुलिनरी च्यालेन्ज घोषणा

रमिला योञ्जन

काठमाडौं/  अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) ले नेपाली खानाको प्रवर्द्धन र सेफहरूको सीप विकास गर्ने उद्देश्यसहित नेशनल कुलिनरी च्यालेन्ज (दोस्रो संस्करण) आयोजना गर्ने घोषणा गरेको छ।

सोसाइटीले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता झापाको दमकमा २०८३ साल जेठ २ र ३ गते सञ्चालन हुनेछ। देशभरका दक्ष तथा उदीयमान सेफहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

नेपाली मौलिक परिकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले सेफहरूबीच अनुभव आदान–प्रदान, सीप प्रदर्शन र व्यावसायिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले रु. ५,००० दर्ता शुल्क तिर्नुपर्नेछ। शुल्क तोकिएको बैंक खातामा जम्मा गरी अनलाइन फारम भर्न सकिने व्यवस्था गरिएको छ। दर्ताको अन्तिम मिति २०८३ वैशाख २० गतेसम्म तोकिएको छ।

सोसाइटीले प्रत्येक वर्ष गर्दै आएको फुड कम्पिटिसनसँगै यस वर्ष पनि फुड फेस्टिभल आयोजना गरिने जनाएको छ। फेस्टिभलमा विभिन्न देशका खानाको प्रदर्शन (डिस्प्ले) गरिनेछ भने विदेशी तथा नेपाल भ्रमणमा रहेका नेपाली सेफहरूलाई समेत सहभागी गराइने योजना रहेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिनेछ।


प्रतिक्रिया