मुस्ताङबाट कांग्रेसको जितको खाता, योगेश गौचन ३,३०७ मतसहित विजयी
06 Mar 2026
मुस्ताङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन ३ हजार ३ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन्।
यसअघि कान्छा सांसदका रूपमा परिचित गौचनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै मुस्ताङमा कांग्रेसलाई विजय दिलाएका हुन्। उनको जितसँगै मुस्ताङमा कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूबीच उत्साह छाएको छ।
निर्वाचन आयोगका अनुसार गौचनले कुल ३,३०७ मत प्राप्त गरेका छन्। मुस्ताङमा सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै उनी प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन्।