रुकुमपूर्व — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुमपूर्व निर्वाचन क्षेत्रबाट नेपाली कमलिस्त पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १०,२४० मतसहित विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले खुसीयाली मनाउन थालेका छन्।
रुकुमपूर्वलाई माओवादीको बलियो आधार क्षेत्र मानिन्छ। यही क्षेत्रबाट प्रचण्डले पुनः विजय हासिल गरेपछि स्थानीय कार्यकर्ता तथा समर्थकहरूमा उत्साह बढेको छ।