काठमाडौं क्षेत्र नं. ३ मा प्रारम्भिक मतगणना: कुलमान घिसिङ अग्रस्थानमा
06 Mar 2026
काठमाडौं, — काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन्।
राति सवा १ बजेसम्मको मतगणना परिणामअनुसार उनले उल्लेखनीय मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पारिरहेका छन्।
प्राप्त विवरणअनुसार हालसम्मको मत परिणाम यस्तो रहेको छः
चिम (कुलमान घिसिङ) – १०४१ मत
घण्टी – ७४८ मत
रुख – २९८ मत
सूर्य – २७९ मत
बदर – ११२ मत
तारा – ३५ मत
चेस – १९ मत
हलो – १६ मत
माटो – १० मत
मतगणना जारी रहेको र परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक मत परिणामले भने काठमाडौं–३ मा रोचक प्रतिस्पर्धाको संकेत गरेको छ।