नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट २०८२ राजधानीमा सम्पन्न भएको छ । नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा भन्दा वढी दुई करोड बढी पुरस्कार राशी रहेको फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सम्पन्न भएको हो ।
एसवाई इन्टरटेन्टमेन्ट प्रालिले आफनो ब्राण्ड एम्बेसडर छनौट गर्न फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) गरेको थियो । प्रतियोगिताबाट मलैसा आचार्य पहिलाो भई ब्राण्ड एम्वेसडर छनौट भएकी छिन् । टाइटल विनर उनलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ । यस अर्थमा उनले एक करोड ५ लाश बराबर राशीको पुरस्कार पाएकी हुन्, जुन अहिलेसम्मकै धेरै पुरस्कार राशी हो ।
प्रतियोगिताबाट फस्ट रनर अपमा सारा लामा हुन सफल भइन् । फष्ट रनर अप उनले चार लाख नगद पुरस्कार पाएकी छिन् । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । यस हिसावले उनले ५४ लाख नगद पुरस्कार हात पारेकी छिन् । सेकेण्ड रनर अपमा अपी योन्जन छनौट हुन सफल भए । उनले तीन लाख नगद पुरस्कारका साथै ३० लाख बराबरको कन्ट्याक्ट भएको छ । यसरी तेश्रो स्थान प्राप्त गर्न सफल उनले ३३ लाख नगद पुरस्कार हात पारेका हुन् । उनीहरु सवैलाई आयोजक एस वाई ग्रुप नेपालका प्रबन्ध निर्देशक (एमडी) छेडोग इलले पुरस्कार वितरण गरे ।
एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको कार्यक्रम एस वाई प्यानल, एस वाई कष्टमेटिक, एस वाई बजार र एस वाई युपिभिसीको प्रयोजनमा भएको थियो । अन्तिम १५ जना प्रतियोगीहरुवीच ग्रायण्ड फिनालियो भएको थियो । उनीहरुमध्ये उत्कृष्ट तीन जना छनौट गरिएको थियो ।
आयोजक एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईले करिव कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरे । नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०।२५ लाखको पुरस्कार व्यवस्था भएको हुन्छ । तर आफूहरुले गरेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी उनले गराए ।
कार्यक्रम अन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरु छनौट गरिएको हो । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिएका थिए । छनौट भएका सवैजनालाई यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनौट हुने अवसर पाएका थिए ।
बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दावी गरिएको छ । साथै दुई करोड पुरस्कार राशीको व्यवस्था रहेको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दावी कार्यक्रममा गरियो ।
अन्तिम फाइनलमा सहभागीमध्ये तीन जना ब्राण्ड एम्बेसडर छनौट गरेपछि उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्ड दिइएको थियो । उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइएको छ ।
पहिलो र दोश्रो चरण भिडियोमार्फत् डिजिटल अडिसन यसअघि नै गरिएको थियो । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् भएको हो ।
कार्यक्रम चरणबद्ध रुपमा भएको थियो । पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चलेको थियो । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने थियो । पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिएको थियो । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको थियो ।
पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिएको थियो । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिएको थियो ।
दोश्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो । फाइनल अडिसन काठमाडौंमा भएको हो ।
अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो । साथै परीक्षण पनि बिभिन्न चरणमा भएका थिए । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने व्यवस्था अनुसार कार्यक्रम भएको थियो । त्ससपछि सर्वाेत्कृष्ट ब्राण्ड एम्वेसडर, फष्ट रनर अप र सेकेण्ड रनर अप छनौट भएका हुन् ।
प्रतियोगितामा सहभागीहरुको मूल्यांकनको आधार फरकफरक हुने बनाइएको थियो । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने बनाइएको थियो । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने बनाइएको थियो । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइने व्यवस्था थियो ।
प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरुषले सहभागिता जनाउन पाउने व्यवस्था थियो । सहभागिताका लागि उनीहरुले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्ष्टाग्राम र टिकटकलाई फलो गर्नुपर्ने थियो । त्यसपछि सहभागी हुन चाहनेहरुले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने थियो । साथै आफनो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोष्ट गर्न सकिने थियो । भिडियो पोष्ट गर्दा सहभागीहरुले अनिवार्य रुपमा एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई उल्लेख गर्नुपर्ने र (ह्यासट्याग फेस अफ एसवाई) प्रयोग गर्नुपर्ने थियो । सहभागी हुन चाहनेहरुले पोष्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने र त्यसमा गई गुगल फारम भरी निर्देशन अनुसार रजिष्टर गर्नुपर्ने थियो ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गग एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज्लगायतका कम्पनीहरु नेपालमा रहेका छन् ।