काठमाडौं–४ मा मुस्कान पौडेलको चुनावी अभियान तीव्र, पर्यटन र रोजगारी प्राथमिक एजेन्डा

रमिला योञ्जन

काठमाडौं । United Nepal Democratic Party का प्रतिनिधिसभा सदस्य उम्मेदवार मुस्कान पौडेलले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।


घरदैलो कार्यक्रम, युवा भेटघाट तथा सामाजिक अन्तरक्रियामार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका छन्।

चुनावी प्रचार सामग्रीमा उनले पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय स्तरमा रोजगारी सिर्जना आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।

विशेष गरी ऐतिहासिक सम्पदा, परम्परागत बस्ती र प्राकृतिक सौन्दर्यलाई समेटेर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

पौडेलले युवालाई लक्षित गर्दै “युवाहरूको सहभागिताबिना समृद्धि सम्भव छैन” भन्ने सन्देश दिँदै युवा नेतृत्व र उद्यमशीलतालाई प्राथमिकता दिने बताएका छन्।


उनले शिक्षा, स्वास्थ्य र साना उद्यम प्रवर्द्धनका कार्यक्रममार्फत क्षेत्रको आर्थिक सुदृढीकरणमा जोड दिने उल्लेख गरेका छन्।

चुनावी पोस्टरमा नमस्कार मुद्रा प्रस्तुत गर्दै उनले मतदातासँग सहयोग र विश्वासको अपेक्षा गरेका छन्। सामाजिक सञ्जालमार्फत पनि उनले आफ्नो अभियानलाई विस्तार गरिरहेका छन्।


राजधानी काठमाडौं को क्षेत्र नम्बर ४ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ। विभिन्न दलका उम्मेदवारहरू सक्रिय प्रचारप्रसारमा लागिरहेका छन्।


निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको निर्णयले क्षेत्रको भावी नेतृत्व तय गर्नेछ।


प्रतिक्रिया