जेनजी आन्दोलनको छानबिन कडा: पूर्व सिडियो रिजाल पक्राउ

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई सुविधानगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। यसबारे कार्यालयका एसएसपी सन्तोष खड्का ले पुष्टि गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। सोही घटनासँग सम्बन्धित छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सुझाव दिएको थियो। उक्त कसुर प्रमाणित भएमा अधिकतम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

यस प्रकरणमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्।


प्रतिक्रिया