यही माटोको उम्मेद्वार हुँ,दुख या सुख पर्दा सजिलै भेट्न सकिन्छ अधुरा काम पूरा गर्छु - चेतनाथ सजेल

ललितपुर – ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ संजेलले आफू यही माटोको उम्मेद्वार भएको बताएका छन् । आफूलाई भेट्न न त कुपन्डोल जानुपर्ने नत अन्य स्थानमै पुग्नुपर्ने बाध्यता रहेको बताउँदै उनले सजिलैसँग भेट्न सक्ने ब्यक्ति भएको बताए ।

चुनाव अघिसम्म क्षेत्र नम्बर १ का ३ पालिका र गोदावरी नगरपालिकाका १२ वटा वडामा मत हाल्न आर्कषित गर्ने तर चुनाव पछि यतातीर वास्तै नगर्ने ब्यक्तिलाई के मत दिन उचित होला र ? उनले प्रश्न गरे। म यही गाउँघरको मान्छे हुँ , मलाई नचिन्ने कोही छैन , मलाई दुख या सुख पर्दा सजिलै भेट्न सकिन्छ उनले भने ।

चापागाउँको एक चुनावी कार्यक्रममा बोल्दै पूर्व बाग्मती प्रदेशसभा सदस्य समेत रहेका संजेलले आफ्नो उम्मेद्वारी आफूले बाँकी राखेको अधुरा काम सम्पन्न गर्ने रहेको बताए । 

प्याङगाउबाट न्यौपानेगाउँ हुँदै सल्यान खसीमाराबाट बडिखेल पुग्ने सडक आफ्नो प्राथमिताभित्र परेको बताए । उनले गोदावरी वडा नम्बर १० मा बृद्ध दिवा सेवा खोल्ने आफ्नो योजना रहेको सुनाए । 


न्यौपानेगाउँको  ढलान म गएपछि बन्द जस्तै भयो । अहिलेका उम्मेद्वारहरु चुनाव अघि चासो देखाएपनि चुनावपछि तर्केर हिड्छन् , संजेलले भने , मुलडोलको बाटो ढलान रोकिएको छ ,त्यो पूरा गर्नुछ ।  उनले गोदावरी रंगशालाको सुरुवात आफूले गरेको दाबी गर्दै ढुङ्गाखानी बन्द गर्ने क्रममा भएको आतंंकलाई कसैले विर्सन नहुने बताए र्। त्यो ठाउँमा ढुङ्गाखानी चलाईरहन दबाब दिएपनि वरपरका जनताको स्वास्थ्य र पर्यावरणको ख्याल गरी सो खानी बन्द गराउने पहिलो नेतृत्व एमालेकै साथीहरुले गरेका थिए , उनले भने र्,  रंगशालाको अधुरा काम अब हामी नेतृत्वमा आएपछि गर्नेछौ , त्यसका लागि हामीलाई साथ दिन आग्रह गर्छु ।


प्रतिक्रिया