उच्च अदालत तुलसीपुरको बुटवल इजलास द्वारा आदेश: सहकारी ठगी मुद्दामा रवि लामिछाने धरौटीमा रिहा
18 Dec 2025
उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने अदालतको आदेशपछि धरौटीमा रिहा हुने भएका हुन्।
अदालतले रवि लामिछानेको हकमा मात्र रिहाइको आदेश दिएको भए पनि सोही मुद्दामा संलग्न छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नदिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।