रमिला योञ्जन
ललितपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्ला क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पूर्व माओवादी नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टीको बैठकले श्रेष्ठको नाम सर्बसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा श्रेष्ठको राजनीतिक अनुभव, संगठनप्रतिको योगदान र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई आधार मानेर उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ लामो समयदेखि वाम आन्दोलनमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। उनको सिफारिससँगै ललितपुर–३ मा निर्वाचन राजनीतिक रूपमा थप रोचक हुने देखिएको छ।
25 Dec 2025