ललितपुर क्षेत्र नं 3 स्वाभिमान पार्टीबाट डा. समर्थ सिंह समानुपातिक उम्मेदवार

रमिला योञ्जन 

ललितपुर– स्वाभिमान पार्टीले समानुपातिकतर्फ ललितपुर क्षेत्र नं. ३ का लागि डा. समर्थ सिंहलाई उम्मेदवार बनाएको छ। 


आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले “जनताको आवाज, स्वाभिमानको पहिचान” भन्ने नारासहित प्रचार अभियान तीव्र बनाएको जनाएको छ।


स्वास्थ्य क्षेत्रबाट परिचित व्यक्तित्वका रूपमा चिनिएका डा. सिंहले जनताको आधारभूत आवश्यकता, स्वास्थ्य सेवा सुधार, पारदर्शी शासन र सामाजिक न्यायलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले ललितपुरका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै समृद्ध र उत्तरदायी नेतृत्वको आवश्यकताबारे धारणा राखिरहेका छन्।

स्वाभिमान पार्टीका अनुसार समानुपातिक प्रणालीमार्फत सक्षम र अनुभवी प्रतिनिधि संसदमा पठाउने लक्ष्यसहित डा. सिंहलाई अघि सारिएको हो।

पार्टीले मतदातालाई स्वाभिमान पार्टीको पक्षमा मतदान गरी “स्वाभिमान र विकासको नयाँ अध्याय” सुरु गर्न आह्वान गरेको छ।


प्रतिक्रिया