सशस्त्र प्रहरी डीएसपी प्रकाश कोइरालाको हृदयाघातबाट निधन

काठमाडौँ – सशस्त्र प्रहरी बल (एपीएफ)का डीएसपी प्रकाश कोइरालाको बुधबार साँझ उपचारका क्रममा निधन भएको छ। उनी हाल इलामको पशुपतिनगर गुल्ममा कार्यरत थिए।

एपीएफका अनुसार, बुधबार उनी नेपाल–भारत सीमा क्षेत्र, माने भञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए। कार्यालयमै ढलेपछि तुरुन्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

सशस्त्र प्रहरी अस्पतालका एक चिकित्सकले जनाएअनुसार, उनको मृत्यु हृदयाघातका कारण भएको हो। कोइराला एक महिनाअघि मात्र पशुपतिनगरमा सरुवा भएका थिए।

सशस्त्र प्रहरी बलले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा सहानुभूति जनाएको छ।


प्रतिक्रिया