नलिन्चोक हेलिकप्टर काण्डमा नागरिक उड्डयनका महानिर्देशक अधिकारी सहित दुईजना पक्राउ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको छ। अख्तियारले नलिन्चोक हेलिकप्टर काण्डसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीसहित उनलाई नियन्त्रणमा लिएको हो।

महानिर्देशक अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको आयोगसँग नजिक रहेको स्रोतले जानकारी दिएको छ।

दुवैलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन हिरासतमा लिइएको बताइएको छ

प्रतिक्रिया