प्रतिनिधिसभा निर्वाचनः ललितपुर–१ बाट वर्षमान पुन सिफारिस

ललितपुर । फागुन 21मा हुने प्रतिनिधि सभा निर्वाचनमा पूर्व अर्थमन्त्री तथा पूर्व माओवादी केन्द्रका केन्द्रीय उप–महासचिव वर्षमान पुन (अनन्त)लाई ललितपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी ललितपुर जिल्लाले सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

पार्टीको जिल्ला कमिटी बैठकले पुनको राजनीतिक अनुभव, संगठनात्मक योगदान र जनसमर्थनलाई मध्यनजर गर्दै क्षेत्र नम्बर १ का लागि उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा उपस्थित नेताहरूले पुन नेतृत्व क्षमतायुक्त र जनताको मुद्दा उठाउन सक्षम नेता भएको उल्लेख गरेका छन्।

सिफारिससम्बन्धी निर्णय पार्टीको केन्द्रीय तहमा पठाइने जनाइएको छ। केन्द्रीय समितिबाट अनुमोदन भएमा पुन आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नेछन्।

प्रतिक्रिया