ललितपुर । निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गर्ने कार्य सुरु भएको छ । मतपेटिका सङ्कलन सम्पन्न भएपछि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना गरिने भएको छ।
ललितपुर–१ का मतपेटिका गोदावरी नगरपालिकामा राखी त्यहीँ मतगणना गरिनेछ। त्यसैगरी ललितपुर–२ का मतपेटिका सातदोबाटोस्थित नार्क (NARC) मा राखी मतगणना गरिने तयारी गरिएको छ।
यस्तै ललितपुर–३ का मतपेटिका जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा राखेर मतगणना गरिने निर्वाचन सम्बन्धित स्रोतले जनाएको छ।
मतदान सम्पन्न भएसँगै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी तोकिएका स्थानमा पु¥याइएपछि मतगणना प्रक्रिया सुरु हुने बताइएको छ।
05 Mar 2026