यिनीसँग देश विदेशका विश्वविद्यालय अध्ययन गरेका उपाधि छैनन् तर राजनीतिका लागि महत्वपूर्ण मानिने पक्ष भौगोलिक धरातल छाम्ने, नाप्ने र जोख्ने कला, सीप र ज्ञान भने प्रशास्त छ ।
२०४८ सालदेखिका सबै निर्वाचनमा उनी अग्रपङ्क्तिमा रहेर पार्टीका उम्मेदवारलाई जिताउन लागे । र, ललितपुर एमाले पार्टीको नेतृत्व पङ्क्तिमा अविचलित रहे । २०७४ को प्रदेशसभा निर्वाचनमा उनी पहिलो परीक्षणमै सफल भए । बागमती प्रदेशसभाका सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा उनले गरेका विकास निर्माणका कार्यले इतिहास रच्यो । संसदीय अध्ययन मामिलाका विज्ञले यसलाई सार्वजनिक गरे कि संघीय क्षेत्रका सांसदमध्ये काभ्रेका गोकुल बाँस्कोटा र प्रदेशसभाका सांसदमध्ये ललितपुर १÷२ क्षेत्रका चेतनाथ सञ्जेलले सबैभन्दा धेरै बजेट ल्याउन सफल भए र विकासका कार्य गर्न इतिहास रचे ।
सरल जीवनशैली र सादगीपन नै उनको परिचय हो । सहजरुपमा जनसाधारणसँग उठबस गर्न र सहकार्य गर्न उहाँ रुचाउनु हुन्छ । आफू पनि भुईँ मान्छेकै तहमा रहन र भुईँ मन्छेकै तहका नागरिकहरुसँग हातेमालो गर्न सधैँ प्रयत्नशील हुनुहुन्छ । प्रदेशसभाको सांसद भएर पाँच वर्षे जनप्रतिनिधिको सफल अनुभव बटुलिसहेका सञ्जेल यतिबेल ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अन्य प्रतिस्पर्धी उम्मेदवारको तुलनामा उहाँ यही भुईँमान्छेकै परिचयले विजयी हुने कुरामा विस्वस्त हुनुहुन्छ ।
महाङ्काल, कान्ज्योसोम र बागमती गरी तीन वटा गाउँपालिका र गोदावरी नगरपालिका गरी ३० वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा उनलाई घरघरका मान्छेहरुले सहजै चिन्दछन् । उनको उठबस पनि यसैगरी वितेको दशकौँ भयो । पदीय जिम्मेवारी हुँदा वा नहुँदा सञ्जेल जहिले पनि सुखदुःखमा सहजै भेटिने र देखिने व्यक्तिमा पर्दछन् ।
उनका निकटतम प्रतिस्पर्धी केही उम्मेदवारहरु जिल्लाका त हुन् तर क्षेत्रबाहिरका छन् । मतदाताले चाहेको बेला भेटिन र देखिनका लागि सञ्जेल जति सहज हुन्नन् । राजनीतिमा विशेष महत्व राख्ने सादगीपन, सरलता र सहजता यिनै सञ्जेलमा पाइन्छ । यिनको प्रतिनिधिसभा सदस्य पदको यात्रामा यसको गरिमा र महत्व यही कुरोले राख्ने छ । विधायकी मामिलामा पनि भुईँमान्छकै लागि पैरवी गर्ने योजना रहेको बताउँछन् । यिनले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा उल्लेख गरका विषयवस्तुहरु पनि अत्यन्तै सन्तुलित र विशिष्ट तहको भएको यस क्षेत्रका वौद्धिक व्यक्तिहरुको प्रतिक्रिया छ ।
आफ्नो निर्वाचन क्षेत्रका आठ सय युवालाई स्वरोजगार बनाउने र पाँच सय कृषकलाई कृषि उद्यमी बनाउने जस्ता समय सापेक्ष प्रतिवद्धता उल्लेख हुनु ज्यादै महत्वपूर्ण पक्ष हो । यसको विश्वसनीय आधारसहित प्रस्तुत भएका सञ्जेल यो संख्या न्युन हो भन्छन् । बैंक÷वित्तीय संस्थाको सहुलियत ऋण र अनुदानलाई विज्ञ व्यक्तिको सहयोगमा स्थानीय तहको सहकार्यमा यो कार्य सफल हुने विश्वस गर्दछन् ।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, भाषा, संकृति र सम्पदा लगायतका क्षेत्रमा पनि उत्तिकै स्पष्ट धारणासहित आफ्नो प्रतिवद्धता प्रस्तुत गरेको बताउँछन् । आम मतदाताको विश्वास जित्ने र विजयी हुने कुरोमा विश्वस्त रहेको उनको भनाई छ ।