ललितपुर । ललितपुर जिल्लामा सम्पन्न निर्वाचनमा कुल १ लाख ८३ हजार ९९८ मत खसेको छ। प्राप्त विवरणअनुसार जिल्लामा ६८.३३ प्रतिशत मतदान भएको छ।
खसेको मतमध्ये पुरुष मतदाता ९२ हजार १६७ र महिला मतदाता ९१ हजार ८३१ रहेका छन्। जिल्लामा कुल २ लाख ६९ हजार २५६ मतदाता दर्ता भएका थिए।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी सुरु भएको सम्बन्धित निकायले जनाएको छ।
स्रोत: ललितपुर प्रहरी परिसर
05 Mar 2026