आचारसंहितामा चुक्दा महँगो पर्‍यो: शक्ति बहादुर बस्नेतसहित तीनलाई आर्थिक दण्ड

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै शक्ति बहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार निर्वाचन आचारसंहितामा उल्लेखित प्रावधान विपरीत गतिविधि गरेको प्रमाणित भएपछि कारबाही स्वरूप आर्थिक जरिवाना गरिएको हो।

निर्वाचनको निष्पक्षता, पारदर्शिता र समान प्रतिस्पर्धा सुनिश्चित गर्न आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिँदै आएको आयोगले जनाएको छ।

आयोगले सबै दल तथा उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गर्दै उल्लंघन भएमा कानुनअनुसार थप कडा कदम चालिने चेतावनी समेत दिएको छ।

निर्वाचन प्रक्रिया स्वच्छ र विश्वसनीय बनाउन आयोगको यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया