एमाले विभाजित गर्दै घण्टीमा भोट हाल्ने बनाउँदै , उम्मेद्वारको वेट मिलेन भन्ने भ्रम छर्दै

ललितपुर – घण्टीको नाम जप्दै नेपाली कांग्रेसलाई मत दिन पछिल्लो समय विभिन्न आग्रह आइरहेको छ । कांग्रेसले आफ्ना मतदाता सुरक्षित पार्दै नेकपा एमालेका कार्यकर्ताहरुलाई भ्रम छर्दै घण्टीमा भोट हाल्न उक्साइरहेको ल्लितपुर क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिटीका संयोजक शुसीला नेपालले आरोप लगाइन् । 

एकातर्फ एमाले देश जलाउनेविरुद्ध बचाउने अभियानमा छ भने एमालले अहिलेको हावाहुरीको सामना गरिरहँदा कांंग्रेस त्यसको फाइदा उठाउँदै एमाले मनस्थीतीका ब्यक्तिलाई भ्रम छर्दै घण्टीतर्फ मोडाउन खोजीरहेको छ , उनले भनिन् । 

गोदावरीका केही वडामा कांग्रेस र एमालेको उम्मेद्वारको वेट नै मिलेन भनेर भ्रम छर्ने काम भइरहेको छ । विशेषगरी गोदावरीका केही वडामा उम्मेद्वारको वेट मिलेन भनेर टिप्पणी आएको पाइएको छ ।  उम्मेद्वारको स्तर मापन गर्ने जनताले होकी ह्वीमले हो , चुनाव जित्न जनतालाई भ्रमीत बनाउँदै आफ्नो पक्षमा माहोल बनाउने खेलो हो , एक नेताले भने । 

एउटा परिवारबाट आठौँ पटक र रुपान्तरीत भयौँ भन्दै पाँचौ पटक उम्मेद्वारका रुपमा आएका ब्यक्ति अनि जो यो भूगोलकै होइन , उसलाई यो माटोको बारेमा खासै थाहा नै छैन , कसरी यो क्षेत्रको न्याय हुन सक्ला ।

प्रतिक्रिया