कीर्तिपुर–२ मा बिहान १० बजेसम्म ७५८ मत खस्यो

काठमाडौं । कीर्तिपुर वडा नम्बर–२ को मतदान केन्द्रमा बिहान १० बजेसम्म जम्मा ७५८ मत खसेको छ।

प्राप्त विवरण अनुसार हालसम्म पुरुषतर्फ ४३६महिलातर्फ ३२२ जनाले मतदान गरेका छन्। मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

निर्वाचन अधिकारीका अनुसार मतदाताहरूको लाइन क्रमशः बढ्दै गएको छ र दिनभर मतदानको प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया