भारतबाट ल्याउँदै गर्दा २० लाख नगद र पार्टी सामग्रीसहित रास्वपा कार्यकर्ता पक्राउ

मधेश/प्रहरीले मधेश प्रदेशमा स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याइँदै गरेको नगद रकम, पार्टीको झण्डा बनाउने कपडा, र पार्टीको लोगो अंकित 59 थान भेष्ट टिसर्ट र 30 वटा टोपी  समेत बरामद गरिएको छ। उक्त सामग्री भन्सार प्रक्रिया पूरा नगरी ल्याइँदै गरेको आशंकामा नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानमा बरामद नगदको स्रोत खुल्न नसकेको र निर्वाचनसँग सम्बन्धित गतिविधिमा प्रयोग हुने आशंका गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रहरीले गैरकानुनी रूपमा नगद तथा सामग्री आयात–निर्यात नगर्न सबैलाई सचेत गराउँदै कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।



प्रतिक्रिया