आइजिपी कार्कीमाथि पत्रकार भण्डारी कुटाएको गम्भीर आरोप प्रधानमन्त्री कार्यालय र CIB मा उजुरी”

काठमाडौं — गत कार्तिक 27 गते साँझ काठमाडौं महानगरपालिका–३२ तीनकुने स्थित सिद्धार्थ कटेज रेष्टुरेन्ट परिसरमा भएको सांघातिक आक्रमण प्रकरणमा नयाँ गम्भीर आरोप सार्वजनिक भएको छ।

घटनामा घाइते पत्रकार मदन बाबु भंडारीले नेपाल प्रहरीका महानिरीक्षक  दानबहादुर कार्कीले मान्छे लगाएर आफूलाई कुटपिट गराएको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा औपचारिक निवेदन दिएका छन्।


पीडित पत्रकारले दियको निवेदन अनुसार २०८२ कार्तिक २७ गते साँझ करिब १८:४५ बजे रेष्टुरेन्ट परिसरमै योजनाबद्ध रूपमा आक्रमण गरिएको जनाएका छ्न।

आक्रमणका क्रममा टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको समेत उल्लेख छ ।

निवेदनमा उल्लेख भए अनुसार उक्त आक्रमण सामान्य झगडा नभई संगठित र आपराधिक प्रकृतिको रहेको दाबी गरिएको छ। साथै, घटनापछि स्थानीय प्रहरीबाट निष्पक्ष अनुसन्धान नभएको आशंका व्यक्त गर्दै केन्द्रीय तहबाट स्वतन्त्र छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ।


पीडित पत्रकारले निवेदनमार्फत आइजिपी दानबहादुर कार्कीको निर्देशन वा संलग्नतामा मान्छे प्रयोग गरी आक्रमण गराइएको आरोप लगाएका छन्। उनले यसअघि पनि धम्की, मानसिक दबाब र असुरक्षाको अवस्था भोग्दै आएको दाबी गरेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाई पठाइएको इमेल तथा निवेदनमा घटनासम्बन्धी विवरण, प्रमाण, तथा अस्पताल उपचारसम्बन्धी कागजात संलग्न गरिएको छ। 


पीडित पत्रकार भंडारीले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र आफ्नै सुरक्षाको प्रत्याभूति गर्न राज्यका उच्च निकायसँग माग गरेका छन्।


प्रतिक्रिया