बालेन शाह र रवि लामिछानेबीच गोप्य भेटवार्ता, राजनीतिक सहकार्यबारे छलफल

नारायण कार्की

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा दुई नेताबीच भेट भएको हो। भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनमा सम्भावित सहकार्यका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

भेटवार्तामा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल तथा मेयर बालेन शाहका तर्फबाट उनका सहयोगी कुमार बेन (ब्यञ्जनकार) सहभागी छन्।

सहकारी ठगी प्रकरणमा हिरासतबाट हालै रिहा भएका लामिछाने रिहाइपछिका उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन्।

प्रतिक्रिया