फोटो फिचर -बडिखेलमा चेतनाथ सञ्जेलको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद
20 Feb 2026
ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार चेतनाथ सञ्जेल ले चुनावी घरदैलो अभियानलाई तीव्रता दिँदै गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।
घर–घरमा पुगेर सञ्जेलले स्थानीय समस्या, विकासका आवश्यकता र जनचासोका विषयमा छलफल गर्दै आगामी दिनमा क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
बडिखेलका स्थानीयले खानेपानी, सडक मर्मत तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग राखेका थिए। त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सञ्जेलले जनताको सुझावलाई आफ्नो एजेण्डामा समेट्ने बताएका छन्।
घरदैलो अभियानका क्रममा समर्थक तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयले फूलमाला र शुभकामनासहित उम्मेदवारलाई स्वागत गरेका थिए।
चुनावी माहोल तातेका बेला बडिखेलमा सञ्जेलको सक्रिय उपस्थितिले क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।