वृद्ध नेताहरूको भरोसामा प्रचण्डको नम्बर–वान पार्टीको सपना!’

काठमाडौं -

प्रचण्डले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० दल एक भएसँगै आफ्नो दललाई ‘एक नम्बर’ पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरे। तर पार्टीभित्रै नेतृत्व हस्तान्तरणको चर्को दबाब, वृद्ध नेताहरूको वर्चस्व र जेनजी पुस्ताको आक्रोशबीच यस्तो दाबी कति टिकाउ होला भन्ने प्रश्न उठिरहेको छ।

प्रस्तावित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० दलको एकता घोषणा सभालाई सम्बोधन गर्दै विदेशी “प्रतिक्रियावादी”हरू आफूहरूको एकताबाट असजिलो बनेको टिप्पणी गरे।

उनले भने—“यो पार्टी अब एक नम्बर पार्टी भयो–भयो। एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन।”

तर एक नम्बर कसरी बन्ने? भन्ने यथार्थ योजना भने प्रचण्डले प्रस्तुत गरेनन्। पार्टी एकीकृत समाजवादीबाहेक राजनीतिक प्रभाव न्यून भएका साना घटकहरूसँगको एकताले मात्र उच्च अपेक्षा पूरा गर्न सकिन्छ कि भन्ने शंका प्रचण्डकै अनुयायीहरूले औँल्याएका छन्।

प्रचण्ड दायाँ–बायाँ बसेका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूको उपस्थितिले नेतृत्व पुस्तान्तरणभन्दा ‘पुरानै अनुहारको पुनरागमन’ जस्तो सन्देश दिएको विश्लेषण छ।

७३ वर्षका प्रचण्ड, मञ्चमा अधिकांश नेतृत्व ६०–८० वर्ष भदौमा भड्किएको जेनजी विद्रोहले ‘अब नेतृत्व पुस्ता बदलिनुपर्छ’ भन्ने भावनालाई बलियो बनाएको थियो। तर घोषणासभा भने वृद्ध नेताहरूको ‘भारदारी सभा’झैं देखियो।

नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखे—

“अनुहार कुच्चिएका, पानी रौरा, फुकाएपछि आफ्नो बाटो लाग्ने—सबै दाने गाई मञ्चमा!”

नेतृत्व हस्तान्तरणको दबाब अझै तिखारियो माओवादी केन्द्रभित्र जनार्दन शर्मा र समूहले नेतृत्व हस्तान्तरणको सवाल निरन्तर उठाउँदै आएका छन्।

उता माधव नेपाल भने पतञ्जली योगपीठ जग्गा प्रकरणले नैतिक संकटमा परेका छन्।

त्यसैले यो एकता–प्रयास आन्तरिक बाध्यता र राजनीतिक अस्तित्व जोगाउने रणनीति मात्रै भएको आरोप प्रतिपक्षदेखि पार्टीभित्रसम्म सुनिन्छ।

एकता अघि–पछि दुवै पार्टी टुक्रिएका कात्तिक १६ को १८ बुँदे सहमति लगत्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की समूह अलग एकीकृत समाजवादी तीन टुक्रा भुसाल, झाँक्री, बस्नेत समूह अलग एकता घोषणा हुँदैगर्दा नै संगठन तहमै असन्तोषको ज्वालामुखी सक्रिय थियो। युवाहरू एकातिर, पुराना नेतृत्व अर्कातिर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले १० दलको एकतालाई “सय मुसा खाएर बिरालो तीर्थ हिँड्यो”भनेर टिप्पणी गरे।

यसले युवा–पुस्ता र पुराना नेताबीचको विश्वासको खाडल झनै गहिरिएको संकेत गर्दछ।

युवाहरूको भनाइ: पार्टी संरचनामा कम्तीमा २५ तहसम्म नेतृत्व आउनै सक्दैन पुस्तान्तरणको ठोस विधि छैन घोषणापत्र पुरानै शैलीको प्रचण्डको ऐतिहासिक उचाइ र आजको राजनीतिक अविश्वास जनयुद्ध, शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य—यी सबै उपलब्धिमा प्रचण्डको योगदान निर्विवाद छ।

तर पटक–पटकको पार्टी विभाजन महाधिवेशन टार्दै सत्तासमीकरणमा रमाउने प्रवृत्ति समृद्धि, सुशासन, संघीयता कार्यान्वयनमा असफलतायी कारणले उनप्रति शंका र थकान दुवै बढेको छ।

२०७९ को निर्वाचनमा माओवादी पहिलोपटक ११ लाख ७५ हजार भोटमा झर्यो।

स्वतन्त्र र जेनजी पुस्ताको उदयले पुराना दललाई चुनौती दिइरहेको छ।

भोलि फेरि दुर्घटना? कि नयाँ अध्याय?जेनजी विद्रोहपछि प्रचण्डले फेरि वाम ध्रुवीकरणको बाटो हिँडेका छन्। तर नेतृत्व पुस्तान्तरण छैन वैज्ञानिक संगठन निर्माणको योजना छैन असन्तुष्ट नेताहरू फेरि टुट्न सक्छन् त्यसैले विश्लेषकहरू भन्छन्—“यदि नेकपाकै जस्तै भयो भने यो १० दलको एक

ताले प्रचण्डलाई अर्को राजनीतिक मोडमा पुर्‍याउन सक्छ।”


प्रतिक्रिया