फोनिज काठमाडौंको अन्तरसंवाद : पहिचानको सवालमा खोज पत्रकारिता गर्न सुझाव

साउन २५, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं कार्यसमितिले ‘अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरसंवाद गरेका छन्  । 

फोनिजको २६ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौं आयोजित सो कार्यक्रममा बोल्ने अतिथी वक्तहरुले  जनजाति पत्रकारहरुले खोज पत्रकारितामार्फत आफ्नो इतिहास, पहिचान र अधिकारको विषयहरू बाहिर ल्याउन सुझाव दिएका छन् । कार्यक्रममा काठमाडौंबाट निर्वाचित  स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सही र सत्य समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । 

आदिवासी जनजाति पत्रकारको सवालमा बजेट विनियोजन गर्न प्रस्तावसहितको विषयमा सहकार्य गर्न सकिने उहाँहरूको भनाइ छ । 

बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले उपमेयरलाई अधिकार नै कम दिएको र आदिवासीको सवालमा काम गर्न खोज्दा अवरोध र विभेद हुने गरेको बताइन  । आदिवासी जनजाति पत्रकारहरू समाचारको विषयलाई लिएर नगरपालिकासँग समन्वय र सहकार्य गर्न सुझाव दिइन् । उपप्रमुख लामाले  सबै विषय र सूचना पत्रकारलाई बोलाएर दिन सम्भव नहुने हुनाले कतिपय सूचनाहरू पत्रकार स्वयम्ले खोज्नुपर्ने बताइन ।

शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले आदिवासी र गैर आदिवासी पत्रकारसँग नगरपालिकाले समन्वय गरिरहेको बताइन्  । कोही पत्रकार आर्थिक सहयोगका लागि नगरपालिका धाउने गरे पनि प्रस्तावसहित सहकार्य गर्न आएमा सहयोग गर्न सहज हुने उनले सुझाव दिइन् । आदिवासी पत्रकारको हकहितका लागि आगामी दिनमा सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाइन्  । 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले गरेको गतिविधिलाई जनतामाझ लगेर प्रचार प्रसार गर्ने काम पत्रकारले गरिरहनुभएको र त्यसका लागि नगरपालिकाले सहकार्य जारी राखेको बताइन् । कहिलेकाँही गलत सूचनाहरू समाचार बन्दा नगरपालिकालाई काम गर्न समस्या हुने गरेको उनले सुनाइन्  । नगरपालिका र वडाको सामुहिक निर्णयबाट गरिएको कामलाइ लिएर मेयर, उपमेयर र वडाध्यक्षले गरेको काम भन्दै व्यक्तिको प्रचार गर्नुभन्दा कमिकम्जोरी  औल्याउँदै सकारात्मक सुझाब सहित समाचार सम्प्रेषण गर्न  उपप्रमुख लामाले पत्रकारहरुलाइ सुझाव  दिइन् त्यस्तै फोनिजका सङ्घीय अध्यक्ष लक्की चौधरीले पत्रकारितामा केही विकृति रहे पनि समग्र पत्रकारिता क्षेत्र जिम्मेवार रहेको बताए  । केही गलत समाचारका कारण पाठक र श्रोताहरू समस्यामा पर्ने गरेकाले पत्रकारहरू गल्ती सच्याउन जहिले तयार रहनुपर्ने बताए   । फोनिजले समग्र पत्रकारिताको प्रवर्धनमा भूमिका खेल्दै आएको र पत्रकारको पेशागत सुरक्षा, व्यावसायिकता र क्षमता अभिवृद्धिको काममा काम गरिरहेको बताए  । 

बौद्ध धर्मगुरु कोशिस  लामाले पत्रकार जन्माउने काम मात्र नगरी पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए । पत्रकार सक्षम र दक्ष भएमा पत्रकारिता क्षेत्र पनि जिम्मेवार बन्ने उहाँले बताए । 

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष भीम बहादुर लामाले जनजाति समुदायको हक, अधिकार र पहिचानलाइ संस्थागत गर्दै अघि  बढाउनुपर्ने बताए ।  अझै पनि राज्यले जनजाति समुदायलाई विभेदपूर्ण व्यवहार गरेको उनले जिकिर गरे । संघीय राजधानी काठमाडौँमै जनजाति समुदायहरू हरेक सेवा सुविधाबाट पछाडि परिरहेको उल्लेख गर्दै कागेश्वरी नगरपालिकाको गागलफेदी र बुढानिलकण्ठको डाँडागाउँमा टेलिफोन सेवाको समस्या, गोकर्णेश्वर नगरपालिकाको ओख्रेनी र तारेभिरमा यातायातको समस्या अझै भइरहेकोले राज्य र सम्बन्धित निकायले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए ।  फोनिज काठमाडौँ अध्यक्ष लामाले पत्रकारितालाई पेशालाइ  मर्यादित बनाउदै तथ्य र प्रमाणमा आधारित पत्रकारिता गर्न सुझाव दिए । 

अन्तरसंवादमा चर्चा भएको विषयहरू : 

स्थानीय तह र सञ्चारबीचको सम्बन्धबारे चर्चा

 समावेशी सञ्चार कार्यान्वयनको यथार्थ

 जनजाति पत्रकारको आवाज:

कार्यान्वयन नभएका योजनाबारे जिम्मेवारी प्रश्न:

घोषणा/प्रतिबद्धताको लागि दबाबमूलक प्रश्न:

 पत्रकारका लागि अवसर सिर्जना सम्बन्धी प्रश्न:

 सरकारी कामकाजी भाषामा बागमती प्रदेश सरकारले सिफारिस गरेको नेपाल भाषा र तामाङ भाषा कार्यन्वयन र चुनौतीबारे चर्चा : 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको नजरमा स्थानीय तहहरूबाट अपेक्षित समर्थन र समावेशी सञ्चार नीति कत्तिको प्रभावकारी देखिएको छ? के थप आवश्यक छ?

काठमाडौं अध्यक्ष भीम लामाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापित लगायतले धारणा राखेका थिए । शाखाकी सहसचिव राधिका लो तामाङले सञ्चालन गरेकी कार्यक्रममा फोनिज बागमती प्रदेशका इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । 

प्रतिक्रिया