रमिला योञ्जन
रुपन्देही
देशभर भएका प्रदर्शनका बीच कारागारमा तोडफोड र आगजनी भएपछि फरार भएका कैदीमध्ये रुपन्देहीतर्फ भागेका तीनै जना फरार कैदीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार फरार कैदीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरिएको हो।
कपिलवस्तु कारागारबाट भागेका कैदी पक्राउ
कपिलवस्तु सालयण्डी कारागारबाट फरार भएका ४४ वर्षीय वैैकुण्ठ कसुम्बा मुद्दा का कैदी तुल बहादुर पुनलाई रुपन्देही कंचन गाउँपालिका–१ बाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
नवलपरासी कारागारबाट फरार– नियन्त्रणमा
नवलपरासी मङ्गलापुर कारागारबाट भागेका ५० वर्षीय जबर्जस्ती करणी मुद्दा का कैदी रञ्जु बहादुर पुनलाई तिलोत्तमा नगरपालिका–३ बाट पक्राउ गरिएको छ।
लागुऔषध मुद्दाका कैदी भारत नजदिकबाटै समातिए
सिद्धार्थनगर नगरपालिका–१३ बाट भारत भाग्न खोजिरहेका २० वर्षीय लागुऔषध मुद्दा का दीपक कुमारलाई भारतको महाराजगंज नजिकै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख प्रदीप क्षेत्रीले फरारकैदी पुर्नत: नियन्त्रणमा आएसँगै सुरक्षालाई थप मजबुत बनाइएको जानकारी दिएका छन्।