बागमती प्रदेशसभामा ललित जङ्ग योञ्जन र समान नेपालको योगदानको प्रशंसा"

रमिला योञ्जन 

काठमाडौं, भदौ १७ – मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा दुई जना युवा नेतृत्‍वकर्ताको योगदानको प्रशंसा गरिएको छ।

बैठकमा माननीय शान्ता ढकालले बाल सुधार गृहमा गरिएको अध्ययन प्रतिवेदनबारे बोल्दै सुधार गृहको अवस्थामाथि अध्ययन तथा तथ्य संकलनमा सक्रिय भई प्रतिवेदन तयार पार्ने टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो। विशेषगरी, युवा नेतृत्‍वकर्ता ललित जङ्ग योञ्जन र समान नेपालको नाम लिनुहुँदै उहाँले समाजमा युवाको सकारात्मक भूमिका देखाउन सक्ने उल्लेख गर्नुभयो।

बालबालिकाको भविष्य सुरक्षित बनाउन सुधार गृहको अवस्था सुधार गर्नु अपरिहार्य रहेको भन्दै ढकालले प्रतिवेदनमार्फत आएका सुझाव र निष्कर्षलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

युवा नेतृत्वकर्ता योञ्जन र  नेपाल विगत केही वर्षदेखि सामाजिक गतिविधि, युवाको सशक्तिकरण र जनचेतनामा सक्रिय रहँदै आएका छन्।

उनीहरू विभिन्न क्षेत्रमा युवालाई उत्प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि कार्यरत रहेको बताइन्छ।

प्रदेशसभामा उनीहरूको नाम उच्चारण हुनु युवाप्रति राज्यको भरोसा र विश्वासको संकेतका रूपमा लिइएको छ।

प्रतिक्रिया